संसद विघटनविरुद्ध नेकपा कार्यकर्ताद्वारा दुलेगौंडामा प्रदर्शन

  • ख-
  • ख+

दुलेगौंडाः दुलेगौंडा बीपी चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध प्रदर्शन भएको छ ।


पार्टीकी केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य आशा कोईरालाको नेतृत्वमा संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध युवा संघ तथा अनेरास्ववियुका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।


विरोध प्रदर्शनमा सहभागी नेकपा युवा नेता राजु विकलगायतले सम्बोधन गर्दै संसद विघटनको कदमले देशलाई अस्थिरतामा धकेल्ने भन्दै आफ्ना मान्छेले नै गरेको काम भए पनि गलत भएकाले विरोधमा उत्रिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी