
दमौलीः गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय तनहुँको स्थलगत निरीक्षण गरेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्थाबारे निरिक्षणका लागि तनहुँ र गोरखाको अर्यालले भ्रमण गरेका थिए ।
निरीक्षण पश्चात बोल्दै प्रहरी नायव महानिरीक्षक आर्यालले जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न कटिबद्ध हुनुपर्नेमा प्रहरी कर्मचारीलाई जोड दिए ।
साथै संगठनले अंगिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न र गराउन समेत उनले निर्देशन दिए ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन, कोरोना भाईरसन नियन्त्रणका लागि भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराएका थिए ।