
दमौलीः आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै दमौलीमा नेकपा नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
नेकपा पार्टी कार्यालयबाट निस्केको ¥यालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको थियो । अनेरास्ववियु तथा युवा संघका युवाहरु सहभागी ¥यालीका सहभागीले संसद विघटन खारेज गर, संसद विघटन मान्दैनौं लगायतका नारा लगाएका थिए ।
दमौली ट्राफिक चोकमा भएको कोण सभामा बोल्दै नेताहरुले प्रधानमन्त्री केपी ओलीको दम्भका कारण बहुमत पाएको दलको नेतृत्वमा रहेको संसद विघटन हुने अवस्थामा पुगेको भन्दै आक्रोश पोखेका थिए ।