प्रधानमन्त्री कप छनौट क्रिकेटः तनहुँको विजयी शुरुवात

  • ख-
  • ख+

पोखराः पोखरामा शुरु प्रधानमन्त्री कप छनोट गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेटमा तनहुँको टिमले विजयी शुरुवात गरेको छ ।
शनिबार पोखरा रंगशाला मैदानमा भएको खेलमा तनहुँले स्याङजामाथि ११ रनको जित हासिल गरेको छ । शुरुमा ब्याटिङ गरेको तनहुँले स्याङजालाई एक सय ४० रनको लक्ष्य दिएको थियो । लक्ष्य भेट्ने क्रममा स्याङजाले एक सय २९ रन मात्र ल्याउन सक्यो ।


तनहुँको जीतमा समीर कँडेलले २६ रनको योगदान दिएका थिए । उनले ६० बलमा दुई चौकाको मद्दतले टिमलाई स्कोर बढाउन योगदान गरेका थिए ।
प्रतियोगितामा म्यान अफ द म्याच घोषित करण श्रीमलले ४७ बलमा १७ रन लिएका थिए । उनले एक चौका पनि लिएका थिए ।


शनिबारको खेल सन्तोषजनक रहेको तनहुँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले बताए । उनले आगामी खेलमा पनि आशावादी रहेको बताए । अब तनहुँले आईतबार नवलपूर र पुष ७ गते कास्की जिल्लाको सामना गर्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी