दोब्बर बढी मतान्तरले नेपाल जेसिजको अध्यक्षमा अरुणेश्वर विजयी

  • ख-
  • ख+

बुटवलः नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा फराकिलो मतान्तरका साथ अरुणेश्वर खनाल विजयी भएका छन् । यस अघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालीको भलबारी महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित प्राप्त गरे ।


उनले एक हजार ९० मत पाउँदा प्रतिष्पर्धी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सातमध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिए पछि उनी उच्च मनोबलका साथ मैदानमा थिए ।


बिसहजार जेसिज चितवनका तर्फबाट दोश्रो पटक अध्यक्षको दौडमा विजयी खनालले यस अघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् ।

हाल चितवन बस्दै आएका खनाल तनहुँ भानु नगरपालिका चुँदीका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी