
दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा व्यास नगरपालिका २ का ५९ वर्षका पुरुष व्यास १ का ८३ वर्षिया वृद्धा, व्यास ५ का ४१ महिला, १९ वर्षका पुरुष, घिरिङ १ का ८३ वर्षका वृद्ध, घिरिङकै ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा छ ।
परीक्षण र जाँच नै कम हुन थालेकाले तनहुँमा संक्रमितको संख्यामा पछिल्ला दिनमा गिरावट देखिएको छ ।