दमौली: दमौलीमा २०६२/०६३ को जन आन्दोलनमा भत्किएको सालिकको केही मिटर अगाडि नै स्वर्गीय राजा महेन्द्रकाे १०० औं जन्मजयन्ती मनाइएको छ । राष्ट्रिय सराेकार मञ्च तनहुँकाे आयाेजनामा बुधबार साँझ अनसन चाैतारीमा द्विप प्रज्वलन गरि जन्म दिन मनाइएको हाे ।
द्विप प्रज्वलन पछिकाे काेणसभामा बाेल्दै राष्ट्रिय सराेकार मञ्च तनहुँका संयाेजक एवं केन्द्रीय सदस्य उज्ज्वल भट्टराईले स्व. राजा महेन्द्रकाे याेगदानकाे मुल्यांकन गर्दै सम्मान स्वरूप दिपप्रज्वलन गरिएको बताए । मञ्चका जिल्ला अध्यक्ष सफिक मियाँले महेन्द्रकाे देशभक्तिकाे बारेमा चर्चा गरे ।
राजाको महत्त्व र देशलाई राजाको आवश्यकता महसुस भएकोले नै अाँफुहरूले अहिले देशव्यापी रूपमा राजाकाे पक्षमा अावाज उठाउँदै अाएकाे उनलेे बताए । मञ्चले यस अघि मंसिर २६ गते राष्ट्रवादी अभियान तनहुँ संग मिलेर अाउ देश बचाउ भन्दै माेटरसाइकल र्यालि गरेको थियोे भने यहि पुस २७ गते पृथ्वी जयन्ती मनाउने निर्णय गरेको केन्द्रीय सदस्य भटराईले जानकारी दिए ।













