तनहुँमा ८१ प्रतिशत संक्रमित निको

  • ख-
  • ख+

दमौलीः तनहुँमा दुई सय ३० जनामा सक्रिय कोभिड रहेको देखिएको छ । यो कुल संक्रमितको १७.४२ प्रतिशत हो ।
स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा कुल एक हजार तीन सय २० जनामा संक्रमण भेटिएकामा एक हजार ७१ निको भएका छन् । यो कुल संक्रमितको ८१.१४ प्रतिशत हो ।


जिल्लामा १९ जनाको भने संक्रमणका कारण ज्यान गैसकेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । कुल संक्रमितमध्ये ज्यान गुमाउनेको प्रतिशत १.४४ छ ।


जिल्लाका संक्रमितमा पुरुषको हिस्सा ठूलो देखिएको छ । ७१.९ प्रतिशत पुरुष संक्रमित हुँदा संक्रमित महिलाको प्रतिशत २८.१ पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्