बन्दीपुर २ खहरेमा ‘७० बढी नेकपा कार्यकर्ता कांग्रेस प्रवेश’

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिका २ खहरेमा ७० बढी नेकपा कार्यकर्ता आफ्नो पार्टी प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ । केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र गोविन्द भट्टराईको उपस्थितिमा कार्यक्रम गरेर उनीहरुलाई पार्टी प्रवेश गराइएको कांग्रेस तनहुँका आमन्त्रित सदस्य सुरेश भट्टराईले जानकारी दिए ।


कार्यक्रममा डा. रिजालले ढिलै भए पनि पार्टी प्रवेश गरेको उनीहरुलाई स्वागत र संरक्षण गर्ने बताए । अर्का केन्द्रीय सदस्य भट्टराईले खानेपानी, बाटो सबै आफूहरुको नेतृत्वमा तयार पारेको भन्दै प्रदेश सरकारमा रहेका नेताहरु लाभ लिने र जस लिने बाटोमा लागेको आरोप लगाए ।

२ नम्बर सभापति गोकर्ण बानियाँको सभापतित्वमा भएको कार्यक्रममा झण्डै दर्जन जिल्लास्तरीय नेताले पनि सम्बोधन गरेका थिए ।


कार्यक्रममा पार्टी जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जीतप्रकाश आले,
सचिव विश्व बाँस्तोला, कोषाध्यक्ष रेशम गुरुङ, महासमिति सदस्यद्वय रामचन्द्र अधिकारी र कृष्णप्रसाद गौतम, व्यास नगर सभापति शान्तिरमण वाग्ले, पार्टीले खटाएका बन्दीपुर संयोजक अशोककुमार श्रेष्ठलगायतले बोलेका थिए । भरत विकको नेतृत्वमा ती कार्यकर्ता आफ्नो पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्