
काठमाडौंः नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहको द्वन्द्वको सिकार संवैधानिक परिषदको बैठक बने पछि प्रधानमन्त्रीले विकल्प खोज्ने गरी आकस्मिक रुपमा मन्त्रिपरिषद बैठकमार्फत अध्यादेश जारी गरे ।
यससँगै नेकपाको आन्तरिक द्वन्द्व त सतहमा आयो नै कांग्रेसको एक समूह र नेकपा अध्यक्ष दाहाल पक्ष अध्यादेशविरुद्ध एक ठाउँमा उभिने वातावरण पनि बनायो
।
सरकारविरुद्ध कांग्रेसले आन्दोलन थालेकै बेला मंगलबार डाकिएको संवैधानिक परिषदमा संसदीय मर्यादाविपरित नेकपा अध्यक्ष दाहालनिकट सभामुख अग्नि सापकोटा नै अनुपस्थित भए पछि प्रधानमन्त्रीले त्यसलाई माथ दिने गरी अध्यादेश ल्याउन राष्टृपतिसमक्ष सिफारिस गर्ने गरी मन्त्रिपरिषद बैठकबाट निर्णय गराए । अब बैठकमा सभामुख अनुपस्थित भएमा पनि
बहुमत पुगेका खण्डमा बैठक चल्न सक्नेछ । यस अघि सबै बैठकमा हुनुपर्ने प्रावधान थियो ।
यसले अब दल विभाजनतर्फ जाने त होइन भन्ने आशंका पनि पैदा गराएको छ ।
नेकपा अर्का अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ताको माग गर्नु, प्रधानमन्त्रीले संसदीय दलका सचेतक अर्का प्रचण्डनिकट नेता देव गुरुङको राजिनामा माग्नुले द्वन्द्व चरम तहमा आएको देखिएको छ ।
यस्तोमा कांग्रेस सभापति देउवा बैठकमा नजाने निर्णय गर्नुले नेपाली राजनीतिमा कुनै पनि बेला केही आकस्मिक परिवर्तन हुने कुरालाई बल पु¥याएको छ ।