व्यासका ३ र म्याग्देका ३ मा संक्रमण

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिकाका तीन तथा व्यास नगरपालिकाका तीन गरी तनहुँमा ६ जनामा कोभिड पोजिटिभ भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा व्यास ४ का ६४ वर्षिया महिला, २३ वर्षका पुरुष तथा व्यास २ का ६४ वर्षका पुरुष छन् ।


यसैगरी म्याग्दे ७ का ५१ वर्षका पुरुष, ४ का ७२ वर्षका पुरुष र २ का ५७ वर्षिया महिलामा संक्रमण भेटिएको हो ।
संक्रमितहरुमध्ये केही कन्ट्याक्ट ट्रेसिङ तथा बाँकी परीक्षणका क्रममा भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्