चितुवासँगको द्वन्द्व कम गराउन भानुका १५ ठाउँमा तालिम

  • ख-
  • ख+

भानुः भानु नगरपालिकामा लामो समयदेखि चल्दै आएको चितुवा आक्रमणका श्रृंखला कम गर्न भन्दै वन डिभिजनले भानुका १५ ठाउँमा सचेतनामूलक तालिम सञ्चालन गरेको छ ।

दुई वर्षयता भानुमा चितुवाले बालबालिकाको ज्यान लिने तथा आक्रमण गरी गम्भीर घाइते बनाउने घटना बढेका छन् । वन डिभिजनले भानु १ भन्सारमा १५ औं तालिम आईतबार सकेको छ । तालिममा डिभिजन प्रमुख कोमलराज बरालले चितुवा नभएमा मानिसकै अस्तित्व संकटमा पर्ने भन्दै खेतीबाली बाँदरलगायतका जीवजन्तुबाट जोगाउन पनि आवश्यक पर्ने बताए ।

उनले चितुवालाई वनमै पानीको श्रोत र उनीहरुको आहारा नखोसिने अनि घरमा जोगिने उपाय अपनाउने हो भने आक्रमणका घटनामा निकै गिरावट आउने बताए ।
भानु ६ का वडाध्यक्ष टिकाराम हड्खलेले पर्याप्त जानकारी नभएका कारण चितुवामाथि आक्रमणका घटना बढेको र चितुवाले पनि क्षति पु¥याईरहेको भन्दै आफूहरुले वनमै पानीका लागि पोखरी बनाइदिने तथा संरक्षणका काम गर्न थालेको बताए ।


भीमसेन थुम्की सामुदायिक वनका अध्यक्षले तालिमले धेरै कुरा बुझ्न सहयोग गरेको भन्दै अब आवश्यक सतर्कता अपनाइने प्रतिवद्धता जनाए ।
वनले दिने यस्ता तालिममा वन्यजन्तुको आवश्यकता, जोगिने उपाय तथा एक अर्काको अस्तित्व कसरी स्विकार्ने भन्ने विधि सिकाइने गरेकाले प्रभावकारी हुने गरेको अधिकारीहरुको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्