
दमौलीः मंसीर १७ गते निषेधाज्ञा तोड्दै बुल्दी पुल उद्घाटनका लागि जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको घटना देशैभर कांग्रेस पार्टीलाई आन्दोलनमा उतार्ने ‘क्याटलिष्ट’को काम ग¥यो । घटनाको भोलिपल्टबाट शुरु भएको कांग्रेस आन्दोलनको शिलशिलाले सरकारविरुद्धको औपचारिक आन्दोलनकै रुप ग्रहण ग¥यो ।
त्यस अघिसम्म कांग्रेसले प्रतिपक्षी भूमिका खेल्न नसकेको र सुतेर बसेको भनेर पार्टीभित्रै पनि आलोचना हुने गरेको थियो । र, सोमबारका लागि उसले आह्वान गरेको देशैभरको सरकारविरुद्धको आन्दोलनको मुख्य शुरुवातबिन्दु तनहुँ बन्न पुग्यो ।

पार्टी नेतृत्वमा सभापति देउवा हावी भैरहेका बेला तुलनात्मक रुपमा कमजोर बनेको विश्लेषण गरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई यस आन्दोलनले राजनीतिक उचाई लिन सघाएको कतिपयको विश्लेषण पनि छ । पार्टी सभापति उम्मेदवारका रुपमा पूर्व संस्थापनमा धेरै नाम आइरहेका बेला उनीमाथिको आक्रमण र लगत्तै थालिएको आन्दोलनले पौडेललाई पार्टीभित्र फाइदा पुग्ने विश्लेषण गरिएको छ । तर सभापति देउवाले तत्काल घटनामा कडा प्रतिक्रिया दिएर आन्दोलनसमेत घोषणा गराएकाले उनले पनि यसको जश लिने सम्भावना उत्तिकै छ ।

नेकपाको सिकार मीनेन्द्र प्रमुख अतिथि
आन्दोलन थाल्न मुख्य भूमिका खेलेको भूमि तनहुँमा यस अघि नेकपाबाट ऋषिङ गाउँपालिका भवनको शिलान्यास गर्न जान रोकिएका कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल प्रमुख अतिथि सहित जिल्लाकै अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई अतिथि छन् ।
तनहुँ कांग्रेसले यस कार्यक्रमलाई शक्ति प्रदर्शनको रुपमा लिएकाले जिल्लाका सबै १० वटा तहका संगठन र भ्रातृ संगठनलाई सकेको शक्ति प्रदर्शन गर्न भनेको छ ।
‘यहींबाट देशव्यापी आन्दोलनको शुरुवात भएकाले सक्दो कार्यकर्ता उतार्ने तयारी गरिएको छ,’ पार्टी सभापति बैकुण्ठ न्यौपानेले भने ।
कार्यक्रममा सहभागी हुन जिल्लाका विभिन्न तहबाट कार्यकर्ता आउने क्रम बाक्लो हुन थालेको छ ।