
दमौलीः सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा तनहुँको सदरमुकाम दमौलीसहित १० वटै तहमा नेपाल विद्यार्थी संघले सिठी जुलुश निकालेको छ ।
नेपाल विद्यार्थी संघ व्यास नगर समितिले आईतवार दमौलीमा सिठी जुलुस निकालेको छ ।
सिठी जुलुस सहित सहभागी भएका नेविसंघका नेता तथा कार्यकर्ताहरुले दमौली बजारको परिक्रमा गरेका थिए ।
नेविसंघ व्यास नगर संयोजक सुनिल मिश्रको सभापतित्वमा दमौली मेनचोकमा भएको कोणसभामा नेपाली कांग्रेसका तनहुँका विद्यार्थी विभाग प्रमुख एवं नेपाली कांग्रेसका जिल्ला सदस्य मोहन गिरी, नेविसंघका पुर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल, नेपाल तरुण दल व्यास नगर कार्यवाहक सभापति जीवन चन्द ठकुरी, नेविसंघ तनहुँ जिल्ला सह सचिव अजय थापा, नेविसंघ आदिकवि भानुभक्त क्याम्पस पुर्व सभापति उद्धव पौडेल, नेविसंघ आदिकवि भानुभक्त क्याम्पस सभापति सुर्दशन पोख्रेल, स्वतन्त्र विद्याथी संघ आदिकवि भानुभक्त क्याम्पस सचिव बसन्ती मगर लगायतले कार्यक्रममा बोलेको नेविसंघ आदिकवि भानुभक्त क्याम्पस सचिव गौरव पन्तले जानकारी दिए ।

म्याग्देको थर्पु बजारमा पनि नेविसंघको आयोजनामा कार्यक्रम भएको छ ।
यसैगरी, आँबुखैरेनी, ऋषिङ, भीमाद, देवघाटलगायतका सबै तहमा प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।