पुष २५ मा राष्ट्रिय मगर संघको अधिवेशन

  • ख-
  • ख+

दमौली: राष्ट्रिय मगर संघ तनहुँको दोश्रो जिल्ला अधिवेशन पुष २५ गते दमौलीमा हुने भएको छ । दमौलीमा शनिबार बसेको संघको बैठकले अधिवेशनको मिति तोक्दै तयारी थाल्ने निर्णय गरेको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


अध्यक्ष इन्द्रबहादुर आलेको सभापतित्व तथा पार्टी कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आलेको विशेष उपस्थितीमा भएको अधिवेशनमा प्रत्येक गाउँपालिका तथा वडा समितिबाट एक महिलासहित ३ जना तथा वडा सभापति गरी ४ जना र न.पा. वडाबाट दुई महिलासहित ५ जना तथा वडा सभापति गरी ६ जना जिल्ला प्रतिनिधि सहभागी रहने निर्णय गरिएको छ ।


संघले सोमबार कांग्रेसले गर्ने भेलामा सक्रिय सहभागीता जनाउने निर्णय गरेको छ । विरोध सभामा संघको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको अध्यक्ष आलेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्