२१ गते प्रहरी कार्यालयबाट निस्केका बलसिं एक हप्तापछि मृत भेटिए

  • ख-
  • ख+

दमौलीः वैदेशिक रोजगारीबाट घर फर्केका घिरिङ गाउँपालिका ४ सिप्लुङ निवासी ३० वर्षका बलसिं राना बेपत्ता भएको एक साता पछि मृत भेटिएका छन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासो आए पछि उनलाई गत शनिबार प्रहरीले पक्रेको थियो । उनी दुई दिन प्रहरी हिरासतमा थिए । गत २१ मंसीरमा प्रशासन कार्यालयको आदेशमा रिहा भए पछि प्रहरी कार्यालयमा सामान लिन आएका पिसाब फेर्न भनी निस्केयता उनी बेपत्ता भएको एसपी अरुण पौडेलले बताए ।


उनको शव ऋषिङ १ स्थित सेतीमादीको बीच भागमा मृत अवस्थामा एक सातापछि शनिबार भेटिएको थियो ।

नेपाली सेनाको कालीभञ्जन गणका सैनिकले शव निकालेपछि अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ । आफन्तले भने घटनाबारे गहिरिएर अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी