
पोखराः कोरोना संक्रमणका कारण पोखराका एक ७५ वर्षका वृद्धको ज्यान गएको छ । उनको शुक्रबार बिहान उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
न्युमोनियासहितका समस्या देखिएका वृद्धमा बिहिबार मात्र संक्रमण पुष्टि भएको थियो । उनीसँगै प्रदेशमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८१ पुगेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।