
दमौलीः देशैभर राजसंस्था र हिन्दू राज्यका पक्षमा भैरहेका प्रदर्शनको शिलशिला तनहुँको दमौलीका युवाले मोटरसाईकल ¥याली निकालेका छन् ।
राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाहरुको एक समूह राष्ट्रवादी अभियान तनहुँले दमौलीमा शुक्रबार मोटरसाईकल ¥याली गर्दै प्रदर्शन गरेको हो । दमौली अनशन चौताराबाट शुरु ¥यालीमा सैयौंको संख्यामा युवा सहभागी थिए ।

तनहुँको दमौली, डुम्रे, थर्पु, दुलेगौंडालगायतका सहरबाट आएका युवाले नेपालको झण्डा बोकेका थिए । सहभागीमा अधिकांश युवा थिए । उनीहरुले राजसंस्थाको पुनर्बहाली तथा हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए ।

¥यालीका अगुवामध्येका एक उज्वल भट्टराईले जिल्लाभरबाट सोचेभन्दा बाक्लो सहभागीतामा ¥याली भएको बताए । ‘हामीले दुई सय सोचेका थियौं । तर कैयौं गुणा बढी सहभागी भए,’ उनले भने ।

अर्का अगुवा विनोद घर्तीले अहिलेको राजनैतिक अवस्थाप्रति असन्तुष्टिका रुपमा युवाको सहभागीता पाएको बताए । दमौली अनशन चौतारीबाट शुरु ¥याली बजारका विभिन्न भाग, भादगाउँ, हाईस्कूलटार हुँदै दमौलीमा आएर टुंगिएको थियो ।

भेलाका सल्लाहकार राजेन्द्र अधिकारीले स्वतःस्फूर्त रुपमा झण्डै एक हजारको संख्यामा सहभागी हुनुले राजसंस्थाका पक्षमा माहोल बनेको शंकेत दिएको दाबी गरे ।