सशक्तिकरणका कार्यक्रम गर्दै सकियो १६ दिने अभियान

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने
दमौलीः
महिला सशक्तिकरणका क्षेत्रकमा १६ दिने क्रियाकलाप गर्दै लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान व्यास नगरपालिकामा समापन भएको छ । यस अवसरमा व्यास नगरपालिकाले जिल्ला समन्वय समिति सभाकक्षमा एक कार्यक्रम गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले १६ दिनभित्र भएका विभिन्न कार्यक्रमहरूले जिल्ला समन्वय समितिलाई घच्घचाएको भन्दै हिंसा न्युनीकरणका लागि पहल गर्ने प्रतिवद्धता जनाए । समितिकी उपप्रमुख पवित्रा पौडेलले लैंगिक हिंसा न्युनीकरणका लागि सदैब लाग्नुपर्ने धारणा राखेकी थिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले १६दिने हिंसा
विरुद्धको अभियानमा नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाले गरेका कार्यहरूले आफ्नो कर्मचारी नेतृत्व समेत सफल रहेको महसुस गरेको बताए ।

उनले नगरप्रमुख , उपप्रमुख तथा सिङ्गो नगरपालिका टिमलाई सफल गराउन नगरबासी तथा विभिन्न संघसंस्थाले सघाएर विकास तथा लक्षित वर्गका पाटोमा कार्यन्वयन तहमा हातेमालो गर्दै नगरलाई समृद्ध नगरको रूपमा लानुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नगरपालिकाकी बोर्ड सदस्य कल्पना पोख्रेलले हिंसाका घटनाहरू न्युनीकरण गर्न ब्यवारिक र निरन्तर कार्यक्रम गर्नुपर्ने र वास्तविक पिडितलाई न्यायको प्रत्याभूति गराउने पर्ने धारणा राखेकी थिइन्।

त्यस्तै नगरपालिकाकी बोर्ड सदस्य चन्द्रमाया परियारले हिंसामा पनि दलित महिला झन् पीडित भएको र दलित महिला लक्षित कार्यक्रमहरूको आयोजना गर्दै सचेतनाको स्तर थप्नुपर्ने धारणा राखेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी