नगरस्तरीय वक्तृत्वकलामा पराशरकी लजिता प्रथम

  • ख-
  • ख+

दमौलीः व्यास नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पराशर कलेजकी छात्रा लजिता भण्डारी उत्कृष्ट भएकी छन् ।


‘लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिवद्धता, व्यक्ति ,समाज र सबैकोे ऐक्यवद्धता’ शीर्षकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको व्यास नगरस्तरीय प्रतियोगितामा सत्यवती माविकी सौभाग्य खनाल द्वितिय तथा महर्षि वेदव्यास संस्कृत माविका छात्रा राजन मिश्र तृतीय भएका छन् ।


सान्त्वना स्थान भने जलदेवी माविका कृष्ण सुनार तथा उदय माविकी छात्रा सुस्मिता थापालेले प्राप्त गरेका छन् ।

बिहिबार आयोजित कार्यक्रममा उनीहरुलाई नगद पुरस्कार क्रमशः २५ सय, दुई हजार, १५ सय र एक हजार रुपैयाँ प्रदान गरिएको महिला ,बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख राधा आचार्यले जानकारी दिइन् ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी