गण्डकी प्रदेशमा कोरोनाः २४ घण्टामा ४ को मृत्यु

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा चार जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ज्यान जानेमा कास्की पोखराका तीन र तनहुँ शुक्लागण्डकीका एक छन् ।


शुक्लागण्डकी ८ निवासी ७४ वर्षका वृद्धको चरक अस्पतालमा बिहिबार विहान सवा ३ बजे निधन भएको छ । उनमा टिबी तथा फाइब्रोसिसलगायतको समस्या रहेको निर्देशनालयको विज्ञप्तिमा छ ।


यसैगरी पोखरा १० निवासी ८१ वर्षिय वृद्धको विहान ३ बजे मणिपाल शिक्षण अस्पताल, पोखरा १३ का ५१ वर्षका पुरुषको बुधबार विहान साढे ५ तथा पोखरा ७ निवासी ६५ वर्षका वृद्धको बुधबार राती ७ बजे चरक अस्पतालमा निधन भएको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ८० पुगेको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी