भानुमा स्वास्थ्य अधिकार अन्तरक्रिया

  • ख-
  • ख+

भानु:अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुको आयोजनामा स्वास्थ्य अधिकार
सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम बुधबार भानु नगरपालिकामा
सम्पन्न भएको छ ।


नगरपालिकाले स्वास्थ्य सम्बन्धि तयार गरेको नीति, कार्यक्रम र
कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सन्चालन भईरहेको कार्यक्रमको
बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा
बोल्दै नगरपालिकाकी उपमेयर आशा थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार
भएको हुँदा नगरपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा
राखेर योजनाहरु बनाएको बताईन् ।

सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, निशुल्क औषधीको
वितरणको व्यवस्था, जेष्ठ नागरिकको घर घरमै पुगी स्वास्थ्य परिक्षण, स्वास्थ्य
केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता लगायतको नगरपालिकाले व्यवस्थापन गरेको उपमेयर थापाको भनाई छ ।

कतिपय अवस्थामा स्वास्थ्यकर्मीको कमजोरीको
कारण जनप्रतिनिधिहरुले जनताको दवाव पनि खानु परेको भन्दै उनले नागरिकको
स्वास्थ्य प्रति संवेदनशिल भएर काम गर्न सबैमा अनुरोध गरिन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले जनताले तिरेको
करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना
गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको बताए ।


तनहँु जिल्लामै सुरक्षित सुत्केरी गराउने अस्पतालको रुपमा पुरनडिही
अस्पताललाई लिने गरेको भन्दै पाण्डेले अन्य स्वास्थ्य संस्थाले पनि प्रभावकारी
रुपमा सेवा दिईरहेको बताए ।

वडा नम्बर ४ का अध्यक्ष पुर्णबहादुर लौडारी र वडा नम्बर ६ का अध्यक्ष टिकाराम
हड्खलेले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाईएको
बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले नागरिकको स्वास्थ्य
प्रति संवेदनशिल भएर काम गर्न सम्पुर्ण स्वास्थ्यकर्मीलाई निर्देशन दिईएको
बताए । स्

स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार हालसम्म एक हजार एक सय पाँच जनाको
पिसिआर परिक्षण गरिएकोमा एक सय २३ जना जना संक्रमित भएको र त्यस मध्ये
हाल ५ जना मात्रै सक्रिय संक्रमितको रुपमा होम आईसोलेसनमा रहेका छन् ।


सो कार्यक्रममा जनस्वास्थ्य अधिकृत जेनी राना मगरले पनि स्वास्थ्य शाखाबाट
सन्चालित कार्यक्रमको बारेमा जानकारी दिएकी थिईन् ।


मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा भएको सो
कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष रुपा लामा,
मानवअधिकार समुहकी सदस्य खिमसरा गुरुङ, लगायतले स्वास्थ्यलाई प्राथमिकतामा
राखेर कार्यक्रम गर्नु पर्ने बताए । कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि
प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्