नमूना वडा सचिव तनहुँकै उदाहरणीय कार्यालय बनाउँदै पण्डित

  • ख-
  • ख+

ऋषिङ्ग गाउँपालिका ८, साविक रानीपोखरी गाविसमा २०५५ सालमा सचिवका रूपमा नियुक्ती भएर आउनु भएका वडा सचिव चन्द्रनाथ पण्डित हिजो आज कार्यालयको काम बाहेक कार्यालय परिसरलाई सुन्दर बनाउने काममा व्यस्त हुनुहुन्छ । फूलहरू प्रति विशेष रुचि राख्नु हुने वहाँलाई हिजो आज फूल गोडमेल गर्न र बगैंचाको काम गर्ने भ्याईनभ्याई छ । ऋषिङ ८, पल्ट्याङमा केही समय अघि मात्र निर्माण सम्मपन्न भई संचालनमा आएको वडा कार्यालय परिसर हिजो आज विभिन्न रङ्गीचङ्गी फूलहरूले भरिभराउ देख्न सकिन्छ । सामान्यतया अन्य कार्यालयका कर्मचारीहरुले आफ्नो अफिसियल काममा मात्र जोड दिने गर्छन तर पण्डितले भने आफ्नो कार्यालय परिसरलाई सुन्दर र मनमोहन बनाउनका लागि दिनहुँ जसो नयाँ फूल सार्ने , गोडमेल गर्ने र पानी हाल्ने काम गर्नुहुन्छ । म विगत ३१ वर्ष देखि यसै क्षेत्रमा कार्यरत छु, यो मेरो आफ्नै ठाउँ हो त्यसैले मलाई आफ्नो ठाउँलाई सुन्दर राख्न मन लाग्छ उहाले भन्नुभयो । फूलहरू प्रति मेरो विशेष लगाव छ त्यसैले आफ्नो वरपर सुन्दर फूलहरू लगाउने गरेको हुँ । मैले कार्यालयको समयमा नै फुर्सद भएका बेला नयाँ फूलहरू सार्न, गोडलेम गर्न गरेको छु उहाँले भन्नु भयो । ऋषिङ क्षेत्रका लागि मात्र नभई समग्र तनहुँका सरकारी कार्यालय र कर्मचारीहरुको लागि समेत उदाहरणीय पात्र बन्नु भएको छ पण्डित । वडा कार्यालयका कामले आउने स्थानियहरुले कार्यालय परिसको सुन्दरतालाई समग्र ऋषिङ्ग क्षेत्रकै नमूना कार्यालय भएको बताए । पालो कुर्नु पर्दा समय कटाउन अत्यन्त गार्हो हुने गर्थ्यो बगैचाले गर्दा समय कटाउन सजीलो भएको छ कामका सिलसिलामा आउनु भएका रीखिराम गुरुङ्गले भन्नुभयो । सरकारी सेवा प्रवाहका लागि लामो समय देखि खटिनुभएका उहाँले कलम मात्र नभई कुटो कोदालो समेत चलाएर तनहूँ मा नै नमूना सुन्दर वडा कार्यालयको पहिचान दिनुभएको छ । कहीं कतै नयाँ फूलका बिरुवा देख्छु त कार्यालय सम्झिने गर्छु उहाले भन्नुभयो । कार्यालय परिसरलाई थप सुन्दर बनाउनका लागि हर सम्भव प्रयास गर्दैछु उहाँले भन्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी