हत्यामा सजाय सुनाएको ३० वर्षपछि पक्राउ

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँले प्रहरीले कर्तव्य हत्या मुद्दामा सजाय पाएर फरार एक युवकलाई ३० वर्ष पछि पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राईपुरका ४९ वर्षिय टोपबहादुर चन्द ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

२०४७ साल असोज ६ गते ठकुरीले सोही ठाउँका भिमबहादुर परियारलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेकाले ठकुरीलाई पक्राउ गरिएको हो ।

सर्वोच्च अदालतले पैmसलाले १० वर्ष कैद सुनाएको र ठकुरी फरार रहेकोले पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौ होटलमा लुकेर बसेको अवस्थामा प्रकाउ गरिएको मङ्गलबार तनहुँ कारागार पठाईएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी