लैंगिक हिंसाविरुद्ध अन्र्तसंवाद कार्यक्रम

  • ख-
  • ख+

दमौली:लैगिंक हिंसा बिरूद्वकाे १६दिने अभियान अन्तरगत न्यायिक समितिका संयोजक तथा न्यायिक समितिका प्रतिनिधिसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकाे छ।

अन्तरसंवाद कार्यक्रमकाे उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले न्यायिक समितिका प्रतिनिधिमूलक संयोजकहरु स्वयं हिंसामा न्यायिक समिति संयोजकनै परेकाे टिप्पणी गरे ।

जिल्ला समन्वय समितिले न्यायिक समितिका काम,कर्तव्य र अधिकारलाई सहज तरिकाले कार्यसम्पादन गर्न जिल्ला समन्वयले अवका दिनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पाैडेलले जिल्ला समन्वय समिति न्यायिक समिति काे पक्षमा वकालत गर्दै निष्पक्ष न्याय सम्पादन गर्ने आधारका लागि सदैव समन्वय गर्न तयार भएकाे धारणा राखेका थिए ।

जिल्ला स्तरीय रूपमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा तनहुँ जिल्ला भरीका नगरपालिकाका उपप्रमुख ,गाँउपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका सदस्य हरूकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा सम्पूर्ण स्थानीय तहका न्यायिक समिति संयोजक तथा सदस्यहरूले व्यावहारिक न्याय सम्पादनमा धेरै तार्किक र यथार्थपरक निर्णय हुने तर त्यत्तिकै चुनाैति पनि पनि हुने धारणा राखेका थिए ।

लैंगिक हिंसामा परेका व्यक्तिहरूकाे अधिकारहरू तथा व्यवहारिक कार्यन्वयनकाे नीतिगत व्यवस्था तथा लैगिंक आधारमा त्यसकाे कार्यन्वयन पाटाेका बारेमा जिल्ला न्याय अधिबक्ता रामचन्द्र शर्मा पाैडेलले प्रशिक्षण तथा सहभागी न्यायिक समितिका सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।

त्यस्तै नेपाल बार एसाेसियसन तनहुँका अध्यक्ष अमृत बहादुर नेपालीले न्यायिक समितिकाे नीतिगत काम कर्तव्य र अधिकार तथा ब्यवहारिक कार्यन्वयनका बारेमा न्यायिक समितिका संयोजकहरूका धारणा अनुसारकाे कानुनी प्रावधानबारे सहजीकरण गरेका थिए ।

उपस्थित स्थानीय तहका न्यायिक समितिका संयाेजकहरूले,स्थानीय तहमा एक जना कानुन अधिकृतकाे राज्यलेनै ब्यवस्था गरि नीतिगत र व्यवहारिक पाटाेलाई एकैसाथ लान सके मात्र न्यायिक समिति मर्म र आबश्यकता पूरा हुने धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले जिल्ला समन्वय समितिले त्यस कुरालाई साझा वहसकाे रूपमा उठाउदै न्यायिक समितिका गुनासाे,न्यायिक समितिको मर्म,न्यायिक समितिकाे यथार्थपरक विश्लेषणमा सहजीकरण समन्वय समितिले गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्ला स्तरीय रूपमा पनि न्याय सम्पादनकाे डेक्स खडा गरिएकाे र प्रशासनले समेत हिंसा पिडितका लागि सरकारी संयन्त्रबाट हिंसाकाे स्वरूप निआल्दै कार्यसम्पादन गर्ने तथा न्यायिक समितिलाई साथ सहयाेग र समर्थन गर्दै अगाडि बड्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक अरूण पाैडेलले हिंसाका प्रकृति हेरी प्रहरीले कानुनी धायरामा ल्याई दाेषीलाई कडा कार्वाही गर्दै पिडित पक्षलाई न्याय सम्पादनमा सघाउने प्रतिबद्धता जायर राखेका थिए ।

कार्यक्रम गैरसरकारीसंस्था महासंघ तनहुँकाे आयाेजना, महिला सञ्चारकर्मीहरूकाे संस्था गत फाेरम महिला सशक्तीकरण सञ्चार समाजले समन्वय गरेकाे थियाे। कार्यक्रममा कार्यक्रमकाे उदेश्य बारे महिला सशक्तीकरण सञ्चार समाजकी अध्यक्ष प्रकृति न्याेपानेले स्पष्ट पारेकी थिइन् ।त्यस्तै सहभागी लाई स्वागत भने संस्थाकी उपाध्यक्ष विमला दुवाडीले गरेकी थिइन् ।

कार्यक्रमकाे अध्यक्षता गर्दै गैरसरकारी संस्था मंहासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले यस्ता कार्यक्रमहरू ब्यवारिक हुने र सबै पक्षलाई समेट्ने प्रयास का साथ लैगिंक हिंसा विरूद्वकाे १६ दिने अभियानमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले तनहुँ लगाएत ११वटै जिल्लामा यिका लागि सहयाेग गरेकाे जानकारी दिएका थिए । अन्तरक्रियालाई संस्थाकी सचिव अञ्जु दाहालले सहजीकरण गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी