केशवटारको फेरिंदै मुहार (तस्बिरहरु)

  • ख-
  • ख+

केशवटार: धुलो र हिलोका कारण व्यास नगरपालिकाको दुर्गम क्षेत्रका रुपमा चिनिएको व्यास १४ केशवटार क्षेत्र अब सहरी विकासमा अघि बढ्न थालेको छ ।

पोखरीभञ्ज्याङबाट अघि बढ्दै गरेको कालोपत्रे सडकको काम अघि बढ्दै गर्दा सहर क्षेत्रमा पनि कालोपत्रे थालिएको छ ।
हाल केशवटार बजार क्षेत्रमा छ सय ६२ मिटर कालोपत्रे थालिएको वडा अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिए ।


बजारमा वर्षामा हिलो तथा अरु बेला धुलोको समस्या देखिएकाले बजार क्षेत्रमा एक करोड बजेटबाट कालोपत्रे थालिएको उनले बताए ।

‘पोखरीभञ्ज्याङबाट पनि सडक अघि बढ्दैछ,’ उनले भने,‘बजारभित्र पनि कालोपत्रे भए पछि झनै सजिलो हुने भएकाले काम थालेका हौं ।’
हाल उपभोक्ता समितिमार्फत सडकको काम धमाधम भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी