जेसिआई व्यास नगरको कार्य समितिलाई पूर्णता, महासचिवमा अजर, कोषाध्यक्षमा युवराज

  • ख-
  • ख+

दमौलीः जेसिआई व्यास नगर वर्ष २०२१ को कार्य समितिलाई पूर्णता मिलेको छ । २६ औं शाखा अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लक्ष्मीभक्त खनालले मंगलबार महासचिव, कोषाध्यक्ष, अध्यक्ष सल्लाहकारसहित आफ्नो कार्य समितिका २४ पदमा मनोनयन गरेका छन् ।

गत शनिबार नै कानूनी सल्लाहकार पदमा भने मनोनयन भैसकेको थियो । खनालले अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएलगत्तै कानुनी सल्लाहकारमा राजु रानालाई मनोनित गरेका थिए । निर्वतमान अध्यक्ष भरतकुमार श्रेष्ठ भने पदेन सदस्यका रुपमा कार्य समितिमा रहनेछन् ।


उनले आफ्नो कार्य समितिको महत्वपूर्ण पद महासचिवमा अजर नागिला तथा कोषाध्यक्षमा युवराज भण्डारीलाई मनोनित गरेका छन् । यसैगरी, सचिवमा कमल गिरी, शाखा सम्पादकमा सुनिल श्रेष्ठ , निर्देशकमा विनोद गोशली तथा जनसम्पर्क प्रमुखमा वसन्त पन्थी मनोनित भएका छन् ।


यस्तै, प्रकरण निर्देशकमा रबि भुजेल, वृद्धि सभापतिमा अनुप दाहाल, शाखा निर्देशकमा चन्दन श्रेष्ठ, योजना प्रमुखमा पूर्णबहादुर विक तथा सह–कोषाध्यक्षमा सोमबहादुर नेपाली मनोनित भएका छन् । अध्यक्ष खनालले मिडिया रिलेशन अफिसरमा कृष्ण गिरी, ईन्भाईरोमेन्ट कोडिनेटरमा लक्ष्मण सुनार, सदस्य समन्वय सभापतिमा गणेश थापा, फेलोसप प्रवद्र्धन प्रमुखमा सुबोध अधिकारी, सूचना प्रविधि सभापतिमा गोपाल थापा तथा कार्यक्रम समन्वय संयोजकमा विरेन्द्र नराललाई मनोनित गरेका छन् ।।


सचिवालय व्यवस्थापन संयोजकमा शेरबहादुर बोटे, अवार्ड व्यवस्थापन संयोजकमा विनोद गोतामे, बोर्ड एडभाईजरमा दीपक थापा, सुमन श्रेष्ठ र नवीन पुरी मनोनित भएका छन् ।
यसैगरी अध्यक्ष सल्लाहकारमा ओमकार आचार्य र कृष्ण सुनार मनोनित भएका छन् ।


यस अघि कार्यकारी उपाध्यक्षमा कर्णबहादुर गुरुङ र राजेश मल्ल तथा उपाध्यक्षमा पवन पौडेल, सनम अधिकारी, टीका मक्राती र सन्जीब घिमिरे निर्वाचित भएका थिए ।
नवनिर्वाचित कार्य समितिले अंग्रेजी जनवरी महिनाबाट कार्यकाल सम्हाल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी