
भानु: भानुको पुरनडिहीका युवाले गत मंसिर १५ गते तय भएर पनि स्थगित भानु ५ स्थित पुरनडिहीको अस्पताल शिलान्यास गराउन माग गरेका छन् ।
देशभर एकैसाथ तय भए पनि भानुमा नहुनुले राजनैतिक पूर्वाग्रह भेटिएको भन्दै युवाले भानु नगरपालिकाका प्रमुख, वडाध्यक्ष तथा पुरनडिही अस्पतालका सदस्य सचिवलाई ज्ञापनपत्र बुझाएका थिए ।
तर हालसम्म पनि अस्पतालको शिलान्यास नभएको भन्दै उनीहरुले राजनैतिक गन्ध नदिइकन अस्पतालको सेवा नियमित गराउन माग गरेका छन् ।

उनीहरुले आफूहरुले गत मंसिर १६ गते दिएको १० दिनको समयभित्र पनि शिलान्याश नभएमा संघर्षका कार्यक्रममा उत्रने भन्दै उत्पन्न असहज परिस्थितीमा जिम्मेवार अस्पताल व्यवस्थापन र नगरपालिका हुने चेतावनी दिएको पनि स्मरण गराएका छन् ।
पिस एण्ड हार्मोनी युवा क्लब र पिपुल्स युथ क्लबको अगुवाईमा गरिएको संघर्ष कार्यक्रममा स्थानीय टोल विकासव संस्था, महिला समूह लगायतको समर्थन छ ।