सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

  • ख-
  • ख+

काठमाडौं: विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर कायम भएको छ ।

नेपालको नापी विभागका टोलीले गरेको मापन पछि मंगलबार एक विशेष कार्यक्रमका बीच परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नयाँ उचाइ घोषणा गरे ।


नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।चिनियाँ वरिष्ठ अधिकारीहरुसँगको संयुक्त भर्चुअल उपस्थितीमा कार्यक्रम गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्