व्यास नगरपालिकाले विशेष नगरसभा गर्ने

  • ख-
  • ख+

दमौलीःव्यास नगरपालिकाले विशेष नगरसभा गर्ने निर्णय गरेको छ । सोमबार व्यास १० स्थित कालिडाडाँ होमस्टेमा नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले विभिन्न ऐन संसोधन तथा पारित गर्नका लागि नगर सभा गर्ने निर्णय गरेको हो ।


नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार निजी साझेदारी ऐनको मस्यौदा प्रस्ताव र आर्थिक ऐन संसोधन प्रस्ताव पारित गर्न आगामी पुष ७ गते सभा डाक्ने निर्णय भएको छ ।


कार्यपालिका बैठकले फोहोरमैला केन्द्र व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७ पारित गरेको छ । यसैगरी व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन सम्बन्धि संघिय मन्त्रालयबाट प्रस्तावित प्रस्ताव वातावरण विभागमा पेश गरिएकोमा अनुमोदन गरिएको नगरपालिकाले जनाएको छ ।


बैठकले व्यास १० स्थित कालिडाडाँ होमस्टे सम्म जाने यातायात सुगमताका लागि कालोपत्रे गर्नका लागि लागत ईष्टमेट गर्न पुर्वाधार शाखालाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयबाट जारि गरिएको सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धि मापदण्ड, २०७७ लाई कार्यान्वयन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।


बैठकमा व्यास न.पा वडा नं ७ का वडा अध्यक्ष शतिशचन्द्र न्यौपानेलाई परेको मातृशोकमा शोक प्रस्ताव पारित गरिएको छ ।
यस अघि व्यास नगरपालिका समेतको साझेदारीमा निर्माण भएको कालिडाँडा सामुदायिक होमस्टे पाहुना घरको नगरप्रमुख न्यौपानेले उद्घाटन गरेका थिए ।


होमस्टेका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, वडा अध्यक्ष तुलसीराम सापकोटा, नरबहादुर गुरुङ तथा सम्झना गुरुङले होमस्टे सफलताको शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी