गफारको मृगौला उपचारका लागि कुबेतबाट ११ हजार

  • ख-
  • ख+

दमौलीः दुवै मृगौला फेल भएका व्यास ४ निवासी अब्दुल गफार मियाँको उपचारका लागि कुवेतका नेपालीले सघाएका छन् ।


कुवेतमा कार्यरत राजकुमार राउतको अग्रसरतामा संकलित ११ हजार १ सय रुपैयाँ मियाँलाई प्रदान गरिएको छ । व्यास युवा क्लबका सचिव एवं रोट्याक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउतसहित राउत परिवारले मियाँलाई रकम हस्तान्तरण गरे ।


मियाँको उपचारार्थ आर्थिक संकलनका लागि गठित समितिले सहयोगका लागि अपिल गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी