
काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६१४ पुगेको छ ।
यस्तै, सोमबार नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने अहिलेसम्म २ लाख २७ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १६१४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।