प्रकृति न्यौपाने
 
दमौली :व्यास नगरपालिकाकाे आयाेजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानकाे सहयाेगमा  कार्यरत कर्मचारीहरूका लागि क्षमता विकास प्रशिक्षण  सुरू भएकाे छ।
२५ गतेसम्म सञ्चालन हुने प्रशिक्षणको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले  उद्घाटन गरे । संस्थागत र व्यक्तिगत जुनसुकै कार्यमा अब्बल हुनका लागि कर्मचारीलाई शुभकामना दिए ।
 
व्यास नगरपालिकाका प्रमुख तथा प्रशिक्षण कार्यक्रमका अध्यक्ष बैकुण्ठ न्याैपानेले तालिममा सिकेका सैद्धान्तिक कुरालाई व्यवहारमा उतारेर नगरक्षेत्रलाई एक सुशासित  र नमुना नगरपालिका बनाउनुपर्ने धारणा राखे।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले  यस्ता तालिमहरू सम्पूर्ण स्थानीय तहका कर्मचारीहरूलाई आवश्यक पर्ने बताए ।
 
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले मागमा आधारित तालिमकाे फाइदा लिदै सम्पूर्ण  कर्मचारीहरूकाे क्षमता अभिवृद्धि हुने र पेसागत संयन्त्र बलियाे हुने धारणा राखे ।
 
५दिनसम्म चल्ने तालिमकाे प्रशिक्षण  तथा सहजीकरण गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका सूचना तथा अनुसन्धान प्रशिक्षक  टपेन्द्रप्रसाद रिजालले  गर्ने नगरपालिकाका  वरिष्ठ आलेप अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए।
 
								 
                    




				                               






							
							
							
    
    
    
    
