वसन्तलाई गीतल प्रतिभा, सुदेशलाई गीतल युवा पुरस्कार

  • ख-
  • ख+

दमौलीः प्रतिभावान युवा कवि सुदेश सत्याललाई २०७६ सालको ‘गीतल युवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । दमौलीमा शनिबार साहित्यकार आकाश अधिकारीको कविता संग्रह ‘आकाश खुल्दैछ’ तथा नाटक संग्रह ‘बिस्कुन बालुवाको’ लोकार्पणका लागि आयोजित कार्यक्रममा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले दुई पुरस्कारको घोषणा गरेको हो ।

सोही अवसरमा तनहुँ ऋषिङ १ झापुटारका लोकगायक वसन्त विकलाई गीतल प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरियो । प्रतिष्ठानले गठन गरेको समितिले छनौट गरेको नाम कार्यक्रममा घोषणा गरिएको प्रतिष्ठानका अध्यक्षसमेत रहेका साहित्यकार अधिकारीले जानकारी दिए । उनीहरुलाई केही समयपछि आयोजना हुने कार्यक्रममा सम्मान प्रदान गरिनेछ ।


सत्याल उदाउँदा युवा कवि भएको र विकले पनि गीत संगितका क्षेत्रमा सफलता पाउँदै गरेकाले समितिले पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उनले बताए । ‘गीतल युवा राष्ट्रिय पुरस्कारको नगद राशी सात हजार पाँच सय तथा गीतल प्रतिभा पुरस्कारको नगद पाँच हजार रुपैयाँ छ ।


‘गीतल युवा राष्ट्रिय पुरस्कार सटर भाडा व्यवसायी संघ तनहुँका अध्यक्ष तथा मौलाकाली सप्लायर्सका प्रोपाईटर विष्णु पराजुलीले आफ्ना दिवंगत पिताको स्मृतिमा प्रदान गर्ने घोषणा गरे । ‘गीतल प्रतिभा पुरस्कार’को पुरस्कार रकम आफ्ना दिवंगत पिताको स्मृतिमा दिने शुक्ला गण्डकी नगरपालिका बेलचौतारा निवासी प्रकाश तिमिल्सिनाले घोषणा गरेको प्रतिष्ठानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी