वैवाहिक वर्षगाँठमा वृद्धवृद्धालाई न्यानो कपडा

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
एक दम्पत्तीले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् । काठमाडौं घर भइ हाल जापान बस्दै आएका सन्तोष थापा र विष्णु सापकोटा थापाले आफ्नो वैवाहिक जीवनको शुरुवात भएको पहिलो वर्षगाँठको खुशियालीमा व्यास४ स्थित वीरता टोल विकास संस्थामार्फत व्यास ५ बेनीपाटनस्थित वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेका हुन् ।


टोलका अध्यक्ष सरोज बस्नेतको नेतृत्वमा गएको टोलीले राष्ट्रिय परोपकार महासंघ नेपालमा रहेका पाँच पुरुष र तीन महिलालाई ती सामग्री वितरण गरे । वितरित सामग्रीमा ज्याकेट, स्विटर, टोपी मोजासहित हर्लिक्स, च्यवनप्रास, बिस्कुट, चाउचाउ तथा आँटा रहेको टोल अध्यक्ष सरोज बस्नेतले बताए ।
न्यानो कपडा र खानेकुरा पाएपछि ज्येष्ठ नागरिक खुशी भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी