
भानुः नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिष्ट सरकारबाट जनता आजित भएको दाबी गरेका छन् ।
भानु नगरपालिकाको नयाँबस्तीमा पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्टका कारण देश बर्बादीमा धकेलिएको दाबी गरे । प्रधानमन्त्रीले केपी ओलीले भष्ट्राचारसँग जोडिएका मन्त्रीलाई संरक्षण गरेकाले मत दिएका जनता पछुताईरहेको उनले दाबी गरे ।
भानुका विभिन्न कार्यक्रममा ८० जना पार्टी प्रवेश गरेको कांग्रेसले बताएको छ ।