शुक्ला नगर प्रमुख गुरुङ दुई साता पछि संक्रमणमुक्त

  • ख-
  • ख+

दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ दुई साता पछि कोरोना संक्रमण मुक्त भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै आफू निको भएको जानकारी दिएका हुन् ।उनले आफ्नो स्वास्थ्यलाभको लागि कामना गर्ने प्रति आभार प्रकट गर्दै यो आफ्ना लागि महत्वपूर्ण भएको लेखेका छन् ।

गत मंसिर ७ गते संक्रमण भए यता उनी होम आइसोलेसन थिए । उनको अस्वस्थताका कारण रोकिएको नगर कार्यपालिका बैठक अब मंसिर २४ का लागि तोकिएको नगरपालिकाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी