जेसीआई व्यास नगरको अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित

  • ख-
  • ख+

दमौली: जेसीआई व्यास नगरको अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न २६ औं शाखा अधिवेशनमा अध्यक्षका लागि भएको मतदानमा विजयी खनालले ७० मत पाए ।

अध्यक्षका उम्मेदवार नवीन पुरीले २१ तथा अर्का उम्मेदवार इन्द्रलाल श्रेष्ठले दुई मत पाए । निर्वाचनमा ९५ मत खसेकामा दुई मत बदर भएको थियो ।नव निर्वाचित अध्यक्ष खनालले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्षका आकांक्षी कृष्ण सुनार र सुमित ढुङ्गानाले भने उम्मेदवारी फिर्ता लिएका थिए ।बाँकी पदमा सर्वसम्मतसंस्थाको कार्यकारी उपाध्यक्षमा कर्ण बहादुर गुरुङ र राजेश मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।

उनलाई पुरी र श्रेष्ठले बधाई ज्ञापन गरेका थिए ।कार्यक्रममा पूर्व अध्यक्ष रमेश अधिकारी, निर्वाचन आयुक्त पाबिन्द्र भट्टराई तथा वर्ष २०२० का अध्यक्ष भरतकुमार श्रेष्ठले निर्वाचित अध्यक्षसहित कार्यसमितिलाई बधाई ज्ञापन गरे ।

२६ औं शाखा अधिवेशनले सर्वसम्मत रुपमा गुरुङ र मल्ललाई निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सनम अधिकारी, पवन पौडेल, टिका मक्राती र संजीव घिमिरे सर्वसम्मत भएका छन् ।

कानूनी सल्लाहकारमा राना

नव निर्वाचित अध्यक्ष खनालले कानुनी सल्लाहकारमा राजु रानालाई मनोनयन गरेका छन् । बाँकी पदमा भने मनोनयन हुन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी