जेसिज नेतृत्वका लागि खनाल, पुरी र श्रेष्ठबीच मतदान

  • ख-
  • ख+

दमौली: जेसीआई व्यास नगरको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ ।

वर्ष २०२१ को नेतृत्वका लागि लक्ष्मीभक्त खनाल, नवीन पुरी र इन्द्रलाल श्रेष्ठ ‘ विकल्प’बीच प्रतिष्पर्धा भएको छ ।

२६ औं शाखा अधिवेशनमा अध्यक्ष आकांक्षी कृष्ण सुनार र सुमित ढुङ्गानाले उम्मेदवारी फिर्ता लिए पनि बाँकी तीन बीच सहमति नभए पछि मतदान मार्फत नेतृत्व चयन प्रक्रिया थालिएको निर्वाचन आयुक्त पबिन्द्र भटराईले जानकारी दिए ।

शाखामा ९९ जना मतदाता छन् । मतदान प्रक्रिया सवा १० बजेसम्म चल्ने निर्वाचन आयुक्त भटराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी