तनहुँको उत्पादन बजारीकरणमा सघाउने केन्द्रीय सदस्य श्रेष्ठको प्रतिवद्धता

  • ख-
  • ख+

दमौली:तनहुँको उत्पादन बजारीकरण र व्यापार प्रवर्द्धनका लागि योजना ल्याउन पहल गर्ने नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

शनिबार तनहुँ उद्योग वाणिज्य संघले आफ्नो सम्मानका लागि गरेको कार्यक्रममा श्रेष्ठले आफूलाई जिताउन सहयोग र सुभेच्छा प्रकट गरेको भन्दै आभार प्रकट गरे ।

कार्यक्रममा संघका अध्यक्ष मानकाजी श्रेष्ठले श्रेष्ठको जीत तनहुँकै उद्योग व्यवसाय क्षेत्रको जीत भएको बताए । उनले जिल्लाको व्यवसाय प्रवर्द्धनका लागि परियोजना ल्याउन पहल गरिदिन उनले आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष मंगल प्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्र, द्वितीय उपाध्यक्ष हरि थापा, महासचिव इमकुमार मल्ल, पूर्व प्रथम उपाध्यक्ष इश्वर बिष्ट, पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठलगायतले नवनिर्वाचित श्रेष्ठको कार्यकाल सफलताको शुभकामना दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी