कांग्रेसले भन्यो,’अधिनायकवादी चरित्र प्रस्तुत गर्नु भनेको लोकतन्त्रको मर्म विपरित’

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस तनहुँले बुल्दी पुल अवरोध प्रकरणलाई अधिनायकवादी चरित्र भनेको छ। शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उसले पुल उद्घाटन जस्तो सामान्य विषयसग जोडिएर यस बीचमा जे जस्तो घटना घट्यो त्यसले लोकतन्त्र र विधिको शासनको धज्जी उडाएको छ , भनेको छ।

सचिव विश्व बास्तोला द्वारा जारी विज्ञप्तिमा वर्तमान ओली सरकार र त्यसका स्थानिय प्रतिनिधिहरु पुर्णतः जिम्मेवार रहेको आरोप लगाइएको छ। अमुक व्यक्तिको ईसारामा कानुनी व्यवस्थाको दुरुपयोग गरेर पछि लाचार हुने कुरा विधिको शासनमा शोभनिय कुरा होइन भन्दै प्रशासक र कर्मचारीतन्त्र प्रति असन्तुष्टी प्रकट गरिएको छ।

शान्तिपुर्ण कार्यक्रममा निर्मम प्रहरी दमन गरेर वर्तमान सरकारले आफ्नो अधिनायकवादी, सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको भन्दै विज्ञप्तिमा भोलिपल्ट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबाट उद्घाटन कार्यक्रम सफल पार्न सघाउने प्रति आभार प्रकट गरिएको छ ।

आफूहरु प्रतिपक्षमा रहे पनि ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफु सधैका लागि विजयी भएको जस्तो गरि अधिनायकवादी चरित्र प्रस्तुत गर्नु भनेको लोकतन्त्रको मर्म विपरित भएको विज्ञप्तिमा छ ।
विज्ञप्तिमा सरकारको सर्वसत्तावादका विरुद्ध र संसद वैठकको माग गर्दै मंसिर २९ गते हुने देशव्यापी विरोध ¥यालीमा सहभागिताका लागि दमौलीमा उपस्थित हुन लोकतन्त्रवादी जिल्लावासीमा अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्