आकाशको नाटक र गजल संग्रह एकैसाथ लोकार्पण

  • ख-
  • ख+

विकास खनाल

साहित्यकार आकाश अधिकारीद्वारा लिखित कविता संग्रह ‘आकाश खुल्दैछ ‘ र ‘बिस्कुन बालुवाको’ नाटक संग्रहकाे लाेकार्पण गरिएको छ ।गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले शनिबार दमौलीमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराम मिश्र तथा लेखककी आमा बसुन्धरा अधिकारीबाट संयुक्त रूपमा पुस्तक लाेकार्पण गरिएको हाे ।

मिश्रले पुस्तक प्रकाशन आफैमा गम्भीर विषय भएको बताए । लेखक अधिकारीकाे संग्रहले समसामयिक वस्तुस्थितिका धेरै विषयमा प्रकाश पार्न प्रयास गरेको आफूले पाएकाे उनको भनाइ थियो । विशिष्ट अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले समाज रूपान्तरणका लागि पुस्तक प्रकाशनले सहयोग पुग्ने बताए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ विशिष्ट अतिथि थिए ।

साहित्यकारहरू डा.ईश्वरचन्द्र वाग्ले, शेषमणि आचार्य, काशीनाथ न्याैपाने, ताराप्रसाद श्रेष्ठ, पिएल श्रेष्ठ, गाैकुमारी न्याैपाने लगायतले शुभकामना दिएका थिए । वक्ताहरूले प्रगतिवादी चेतनामा पुस्तक केन्द्रीत रहेको भन्दै मानवताको खाेजी यसमा रहेको उल्लेख गरेका थिए । पुस्तकमा देशको वर्तमान राजनीतिक अवस्थाबारे समेत असन्तुष्टि प्रकट गरिएको छ ।

प्रतिष्ठानका कोषाध्यक्ष रामचन्द्र पाैडेलले पुस्तकबारे प्रकाश गरेका थिए । उनलेे पुस्तक बिक्रिबाट आउने एक प्रतिशत रकम अनाथ बालबालिकाकाे हेरचाह गर्ने उज्यालो घर र एक प्रतिशत रकम गीतल र एक प्रतिशत रकम लेखकलाई उपलब्ध गराउने जानकारी गराए । पुस्तकका लेखक अाकाश अधिकारीकाे परिचय प्रतिष्ठान सदस्य कल्पना घिमिरेले गरेकी थिइन् ।

प्रतिष्ठानका अध्यक्ष एवं लेखक आकाश अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रतिष्ठानकी उपाध्यक्ष लक्ष्मी तिमिल्सिनाले स्वागत तथा सन्चालन प्रतिष्ठानका सचिव दिवाकर भट्टराईले गरेका थिए । लेखक अाकाश अधिकारीकाे यस अगाडि पनि थुप्रै फुटकर कृति तथा कविता , कथाका पुस्तकहरू प्रकाशन भैसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी