केन्द्रीय सदस्य श्रेष्ठलाई जेसिजद्वारा सम्मान

  • ख-
  • ख+

दमौली: जेसीआई व्यास नगरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित आफ्ना पूर्व अध्यक्ष देवकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।
शनिबार व्यास ४ कृष्णपुरमा आयोजित कार्यक्रममा वर्ष 
१९९९ का अध्यक्ष श्रेष्ठलाई संस्थाले सम्मान गरेको हो ।
कार्यक्रमकी प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले दोसल्लासहित उनलाई सम्मान गरिन् ।

सम्मानित श्रेष्ठले जेसीजको ज्ञानले नै आफूलाई नेतृत्वमा आउन सघाएको बताए ।
पहिलो पटक हार, दोश्रो पटक बराबर र तेश्रो पटक चुनाव  जितेको भन्दै उनले जेसिजको प्रेरणाले निरन्तर अघि बढ्न मद्दत पुगेको बताए।

निम्न वर्गका मानिसलाई धनी बनाए मात्र देश समृद्ध हुने भन्दै सम्मानित श्रेष्ठले आयात घटाउन निर्यात बढाउने उद्योगमा ध्यान दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष भरतकुमार श्रेष्ठले संस्थाको गरिमा उचो भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी