जेसीआई व्यास नगरको अधिवेशन शुरु

  • ख-
  • ख+

दमौली: जेसिआई व्यासनगरको २६ औं शाखा अधिवेशन तथा २७ औं वार्षिक साधारणसभा दमौलीमा शुरू भएको छ ।व्यास ४,कृष्णपुरमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले उद्घाटन गरिन् ।

उनले कोभिडको संकटका बेला क्लबले पुर्याएको योगदानको सराहना गरिन्। ‘सबै संकटमा परेका बेला क्लबले गरेको रक्तदान अनि अति आवश्यक लाई गरेको सहयोग सराहनीय छ ,’ उनले भनिन् ।

वर्ष २०२० का अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा जारी अधिवेशनले नयाँ कार्यकालका लागि नेतृत्व चयन गर्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी