जेसिज नेतृत्वमा होला सहमति ?

  • ख-
  • ख+

दमौली: जेसिआई व्यासनगरको २६ औं शाखा अधिवेशन तथा २७ औं वार्षिक साधारणसभा आज हुँदैछ । साधारण सभाले वर्ष २०२१ का लागि अध्यक्ष सहित नयाँ नेतृत्व निर्वाचित गर्दैछ ।

व्यास ४,कृष्णपुर स्थित एक पार्टी प्यालेसमा हुन गईरहेकाे कार्यक्रमको प्रदेश सभा सदस्य सरिता गुरुङले उद्घाटन गर्दैछिन् ।अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् ।अध्यक्ष सल्लाहकारद्वय लक्ष्मीभक्त खनाल र कृष्ण सुनार, बोर्ड सल्लाहकारद्वय नवीन पुरी र सुमित ढुङ्गाना र कार्यकारी उपाध्यक्ष इन्द्रलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष उम्मेद्वार सुनार र श्रेष्ठले सहमतिमा नै अध्यक्ष चयन हुनुपर्ने भन्दै सहमतिका लागि बाधक नहुने बताएका छन् । यसैगरी ढुंगाना पनि सहमतिका लागि उम्मेदवारी त्याग्न तयार रहेको बुझिएको छ । त्यसो भएको खण्डमा अध्यक्ष सल्लाहकार खनाल र बोर्ड सल्लाहकार पुरीबिच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

दुईबीच सहमति नभएमा आजै हुने मतदानले नेतृत्व चुन्ने छ ।तर पूर्व अध्यक्षहरु अधिकतम सहमतिको पक्षमा छन् । अध्यक्ष भरतकुमार श्रेष्ठ, पूर्व अध्यक्ष ओमराज श्रेष्ठ, सुरेश पुरी, पबिन्द्र भट्टराई लगायतले सहमतिबाट नेतृत्व चयनमा नै जोड रहने बताए ।अध्यक्षमा सहमति भएमा कार्यकारी उपाध्यक्ष र उपाध्यक्ष जस्ता निर्वाचित पदमा पनि सहमति हुने सम्भावना धेरै छ ।

कार्यकारीमा ५ आकांक्षी

जेसीजको दुई जना रहने कार्यकारी उपाध्यक्ष पदमा कर्णबहादुर गुरुङ, गणेश थापा, राजेश मल्ल, अजर नागिला र लक्षमण सुनारको उम्मेदवारी परेको छ ।

यस्तै ४ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । राजकुमार श्रेष्ठ, सनम अधिकारी, पवन पौडेल, संजीव घिमिरे, कृष्ण गिरी, विनोद गोशली र टिका मग्राती ले उम्मेदवारी दिएका छन्।

संस्थामा ११९ सदस्य मध्ये ९९ जना मतदाता रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी