
दमौली: तनहुँका साहित्यकार आकाश अधिकारीले एकै साथ दुई कृति सार्वजनिक गर्दैछन् । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष अधिकारीले लेखेको कविता संग्रह ‘आकाश खुल्दैछ ‘ र ‘बिस्कुन बालुवाको’ नाटक संग्रह शनिबार दमौलीमा लोकार्पण गर्न लागेका हुन् ।
दुवै पुस्तकको नेपाल अधिराज्यमा तनहुँ पुस्तकका लेखक वरिष्ठ सहित्यकार डिल्लीराम मिश्र श्रमजीवीले लोकार्पण गर्ने साहित्यकार अधिकारीले जानकारी दिए ।
सोही कार्यक्रममा गीतल राष्ट्रिय युवा पुरस्कार र गीतल प्रतिभा पुरस्कारको नाम पनि सार्वजनिक गरिने भएको छ ।यस अघि उनले गीतल संग्रह रहर भाग १ पनि सार्वजनिक भसकेको छ ।