
दमौली: जेसिआइ व्यास नगरको वर्ष २०२१ को नेतृत्व सम्हाल्न पांच जना आकांक्षी देखिएका छन् ।
बिहीबार सम्मको अन्तिम समयमा अध्यक्ष सल्लाहकारद्वय लक्ष्मीभक्त खनाल र कृष्ण सुनार, बोर्ड सल्लाहकारद्वय नवीन पुरी र सुमित ढुङ्गाना र कार्यकारी उपाध्यक्ष इन्द्रलाल श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन आयुक्त पूर्व अध्यक्ष पविन्द्र भट्टराईले जानकारी दिए ।शनिबार हुने अधिवेशनले नयाँ नेतृत्व छान्दै छ ।
त्यस अघि अन्तिम ककसमा पुग्ने नै उम्मेदवार हुने निश्चित हुनेछ । त्यस पछि पनि आकांक्षीमा सहमति नभएमा मतदान मार्फत नेतृत्व चयन हुनेछ ।
कार्यकारीमा ५ आकांक्षी
जेसीजको दुई जना रहने कार्यकारी उपाध्यक्ष पदमा कर्णबहादुर गुरुङ, गणेश थापा, राजेश मल्ल, अजर नागिला र लक्षमण सुनारको उम्मेदवारी परेको छ ।
यस्तै ४ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको जेशिआई व्यास नगरका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए । संस्थामा ११९ सदस्य मध्ये ९९ जना मतदाता रहेका छन्। ७ जना कार्यसमितिका लागि अध्यक्ष पदमा सहमति नभएमा चुनाव हुनेछ ।
तर आफूहरु अधिकतम सहमतिको पक्षमा रहेको निवर्तमान अध्यक्ष रमेश गिरीले बताए ।