सोडे पुल र बुल्दी पुल उद्घाटन अनधिकृत: मन्त्री गुरुङ

  • ख-
  • ख+

दमौली: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोडे र बुल्दी पुलको उद्घाटनलाई अनधिकृत भनेका छन् ।

सोडे पुल संघ सरकार र बुल्दी पुल प्रदेश सरकारको स्वामित्वमा रहेको भन्दै उनले एक प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सरकारलाई जानकारी र समन्वय नै नगरी कांग्रेसको दलबलबाट उद्घाटन भएको भन्दै यसलाई हास्यास्पद र लज्जास्पद भनेका छन् ।

मन्त्री गुरुङले राजनीतिक बल मिच्याइका आधारमा उद्घाटन भएको भन्दै यसलाई खेदजनक भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी