
दमौलीः व्यास ११ रानीगाउँमा दुई करोड २६ लाख रुपैयाँको डिप बोरिङ खानेपानी योजनाको शिलान्याश भएको छ । आयोजनाको नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शिलान्यास गरे । उनले आयोजनाले स्थानीयको पानीको आवश्यकता सम्बोधनमा सघाउने बताए ।
व्यास नगरपालिकाको आर्थिक सहयोगमा निर्माण शुरु आयोजना दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । उद्घाटन कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले आयोजना व्यास नगरपालिकाको जिम्माको भएको भन्दै समयभित्रै पर्याप्त बजेट दिएर सक्ने प्रतिवद्धता जनाए ।
आयोजनाका लागि वडा र नगरस्तरीय बजेट गरेर चालु आर्थिक वर्षमा ४५ लाख विनियोजन भएको छ । एक सय ५० घरधुरीलाई फाईदा दिने आयोजनाले २० वर्षसम्मको माग धान्ने व्यास ११ वडाध्यक्ष निरबहादुर खड्काले बताए ।
आयोजनाले ५० हजार लिटरको ट्यांकीमार्फत आवश्यकता सम्बोधन गर्ने मुल समिति अध्यक्ष रामकृष्ण अधिकारीले बताए ।
उपभोक्ता प्रेमप्रकाश भट्टराईले आयोजना सकिएपछि पानीको आपूर्तिमा सहजता आउने भन्दै खुशी प्रकट गरे ।