केन्द्रीय नेताको उपस्थितीमा सभा गर्ने कांग्रेस तयारी, प्रशासनले अवरोध नगर्ने

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले बिहिबार दमौलीमा विरोध प्रदर्शन गर्दैछ । बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउ तथा नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप बुधबार घोषित कार्यक्रम अनुसार विरोध गर्न लागिएको हो ।


कार्यक्रममा पौडेलसहित जिल्लाका तीन जना केन्द्रीय सदस्यको सहभागिता रहने पार्टीले जनाएको छ । केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल तीनै जना कार्यक्रममा सहभागी हुने बताइएको छ ।

यसैगरी आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित अरु नेताहरु पनि कार्यक्रममा सहभागी हुनेछन् । दमौलीबाट विरोध ¥यालीपछि बुधबार तय भएको व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनमा सहभागी हुने तयारी गरिएको छ ।


आज रोकावट हुँदैनः प्रशासन
यस अघि प्रशासनले निषेधाज्ञा जारी गरे पनि आज भने कुनै रोकतोक नहुने शंकेत प्रशासनले गरेको छ । ‘हिजो कार्यक्रम रोक्न पत्र आएको थियो,’ प्रजिअ सागर आचार्यले भने,‘आज हामीलाई कुनै त्यस्तो जानकारी छैन ।’


तर झडप हुने अवस्था आएमा भने कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए । ‘हाम्रो काम सुरक्षा दिने हो,’ उनले भने,‘झडप हुने नदेखिएमा थप केही हुँदैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी